काठमाडाैं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्चीको काम चिनियाँ कम्पनीलाई दिएर सरकारले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाएका छन्।
सरकारले यस अघि पनि बुढीगण्डकी जलविद्युत आयोजनाको चिनियाँ कम्पनीलाई ठेक्कामा दिनु कानुनविपरीत भएको उनले बताए। मेलम्ची खानेपानी आयोजनाको काम प्रतिस्पर्धा बिना सिधै चिनियाँ कम्पनीलाई दिने निर्णयमा ठूलो रकम भ्रष्टचार गरेको उनको भनाई छ।
नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को विमोचन कार्यक्रममा देउवाले सरकारले नै भ्रष्टाचारलाई बढवामा लागेको बताएका छन्। प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गरेको र नेकपाको सरकारको पालामा देशमा काण्डैकाण्ड भएको भन्दै उनले रुष्टता व्यक्त गरेका छन्।