काठमाडौं– सरकारले गरेको कामहरुलाई जनतासँग लैजान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्।
शनिवार दिउँसो बसेको नेकपा संसदीय दलको बैठकमा सकारले काम गर्न नसकेको भनेर भइरहेकाे आलाेचनालाई चिर्न अध्यक्ष ओलीले यस्ताे निर्देशन दिएका हुन्। परिवर्तन विरोधीहरुले सरकारका काम बारे भ्रम फैलाइरहेको भन्दै सरकारले विकास निर्माण र ऐन बनाउने काममा ध्यान दिइरहेको प्रधानमन्त्री ओलीले बताए।
उनले सांसदहरुलाई सरकारका कामहरुका बारेमा जनतालाई बताउन आग्रह गरे। प्रधानमन्त्री ओलीका अनुसार सरकारले राम्रा काम गरिरहेको भए पनि त्यसको जानकारी सही रुपमा जनतासँग नपुगेको हुनाले सरकारले केही गरेन भन्ने भ्रम परेको छ।