काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तथा आफ्नो पार्टीले जनतालाई झुटो सपना नबाँडेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारले विकासको लागि जग बसाएको जानकारी दिए।
सपना निदाएको बेला हैन ब्युँझिएको बेला देख्नुपर्ने भन्दै उनले केहि गरेन, केहि भएन भनेर आलोचना गर्नुभन्दा पनि सबै मिलेर विकासको काममा साथ दिनुपर्नेमा जोड दिए। सकरात्मक सोचले मात्रै भविष्य सुन्दर बन्न सक्ने उनको तर्क थियो।
मुर्छित सपनामाथि आफूले पानी छम्किएको बताउँदै ओलीले भविष्यमाथि आशावादी हुँदै सपना साकार पार्न हरेकले प्रयास गरुन् भन्ने शुभकामना दिए।