काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान दिवश नमनाउन आग्रह गरेका छन्। संविधानले सबै जनतालाई समेट्ने नसकेको र जनता संविधानप्रति सन्तुष्ट नरहेको उनको भनाई छ।
प्रतिनिधिसभाको बैठकमा बिहिबार सम्बोधन गर्दै उनले संविधान दिवशलाई गाईजात्राको उपनाम दिएका छन्। सबै जनताको स्वामित्व हुने संविधान नबनेसम्म यस्ता दिवश मनाउनुको कुनै औचित्य नहुने उनले बताए।
धेरै जनताहरुले संविधानको विरोध गरिरहेको बताउँदै उनले संविधान दिवश नमनाउन आग्रह गरेका हुन्।