काठमाडौं– बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गर्ने भनेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ। नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेकोे जानकारी दिए।
शुक्रबार संविधान दिवश परेकाेले त्याे दिन पनि केहि बाेल्नुपर्ने भएकाेले बिहिबारकाे सम्बाेधन राेकिएकाे प्रधानमन्त्री निकट स्राेतले बताएकाे छ।
बिहीबार प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन्। तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै सम्बोधन गर्नेछन्।