काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन्। बिहिबार बालुवाटारमा सो भवनको शिलान्याश गर्दै उनले यस्तो बताएका हुन्।
भवन निर्माणमा धेरै बजेट सकेको भन्दै आलोचना गर्नेहरुलाई ओलीले कडा जपाफ दिएका छन्। उनले निर्माणका काम गदर्न किन गरेको भनेर गाली गर्ने र नबनाउँदा पनि काम गरेन भनेर गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्ने उनको भनाई छ।
उक्त भवनको उपभोग आगामि नेपालका प्रधानमन्त्रीले गर्न पाउने भन्दै उनले आफ्नो लागि सो भवन निर्माण गर्न नलागेको पनि स्पष्ट पारेका छन्। छिट्टै सम्पन्न हुने सो भवनमा भावी प्रधानमन्त्रीहरुले शान्तसँग बसेर काम गर्न पाउने उनको तर्क छ।