राजविराज– संविधान दिवसको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन्।
बिहीबार बिहानदेखि नै राजविराजस्थित गजेन्द्र चोकमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहसहित जिल्लाका स्थानीय तहमा राजपाबाट निर्वा्चित जनप्रतिनिधिहरु र कार्यकर्ताहरुले कालो झन्डा प्रदर्शन गरे।
गजेन्द्रनारायण सिंहको सालिक परिसरलाई सरसफाई गरेपछि उनीहरु संविधानविरुद्धकाे नाराबाजीमा उत्रिएका थिए।प्रदर्शनमा प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, जिल्ला समन्वय समिति सदस्यहरु, विभिन्न गाउँपालिका र नगरपालिकाका वडा सदस्यहरुसहित राजपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरु सहभागी रहेका थिए।
यसैबीच बिहीबार बिहान संविधान दिवस समारोह समिति सप्तरीको आयोजनामा राजविराज नगरको विभिन्न क्षेत्रको सरसफाई गरिएको छ।