श्रीविलास दाहाल
राजनीतिमा लोकहितका लागि अर्धसत्य बोल्न पाइने भन्ने किटानी त भेटिएको छैन। तर, यस्ता अर्धसत्य प्रयोग भएका केही हामीले पूर्वीय दर्शनमा पढेका र आफ्नै कानले सुनेका पनि कुरा स्मरणमा आएका छन्। सर्वप्रथम त पाण्डव र कौरवको लडाइँमा यस्तो अर्धसत्य शब्दको प्रयोग गरियो। पुत्रशोकको दुःखकष्ट नपरी द्रोणाचार्यको मृत्यु नहुने, द्रोणाचार्यका छोरा भने चिरञ्जीवी कहिल्यै नमर्ने। आठ जना चिरञ्जीवीको मान्यता रहिआएको छ, ‘अस्वस्थामा, बली, व्यास, हनुमान, विभीषण, कृप, परशुराम र मार्कण्डेय।’ सत्यवादी मानिएका राजा युधिष्ठिरका मुखबाट ‘अस्वस्थामा मरे’ भन्ने द्रोणाचार्यलाई सुनाइए तर युधिष्ठिरले पनि अर्धसत्य बोले, अस्वस्थामा त मर्यो हात्ती हो कि मान्छे? भन्ने कुरा द्रोणाचार्यलाई प्रस्ट पारिएन। उनले युधिष्ठिरका कुरामा विश्वास गरेर आफ्नो प्राण त्यागे। यसरी व्यक्तित्व र निष्ठाको दुरुपयोग गरियो।
हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक यस्ता अर्धसत्य र भ्रमको खेती किन गर्छन्? उनका जिब्रामा सरस्वतीको बास छ। उखान टुक्का उनले सायद आमाका काखैबाट सिकेका होलान्। नियतिले नेपालमा यति अग्लो ठाउँँमा उनलाई पुर्याइएको छ। प्रधानमन्त्री भीमसेन थापा र प्रधानमन्त्री जंगबहादुरभन्दा उनी बलिया छन्। थापा र राणालाई राजाको लालमोहर चाहिन्थ्यो, उनलाई त्यो पनि चाहिँदैन। विद्याको बुद्धि र विद्या दुवैको दुरुपयोग निर्लज्ज तरिकाले गर्न पाएका छन्। कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएजस्तै। यो २१औँ शताब्दीमा सूचना र समाचार गोप्य छैनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेकाले विवादलाई साम्य पार्न दिएको यो उत्तर हास्यास्पद छ। अर्धसत्य पनि छैन, पूर्ण असत्य छ। संसारको परम्परा खोज्न कहीँ जानु पर्दैन। अमेरिकी राष्ट्रपतिले भने ‘माई गभर्मेन्ट’ भन्ने पाउँछ। ऊ कार्यकारी हो। ब्रिटेनको प्रधानमन्त्री र जापानको प्रधानमन्त्रीले भन्दैनन्। हाम्रो राष्ट्रपति आलंकारिक हो। राष्ट्रपतिलाई क्याबिनेटको निर्णयमा महभियोग लगाउन सक्छ।
भारतमा एउटी यस्तै ओलीजस्तै, हामीले बनारस पढ्दाखेरि देखेको सुनेको। तीन घन्टा कुरेर आमसभा सुनेका छौँ। ओलीजी पनि मान्छे कुराउन माहिर। पुष्पलाल जयन्तीमा राष्ट्रिय सभामा दुई घन्टा कुर्नु परेपछि, ओलीको सभा भनेपछि जाँगर मर्छ। इन्दिराजीको अर्धसत्य ओलीको जस्तो नग्नसत्य, ढाकछोप नै गर्न नसक्ने हुँदैनथ्यो। उनी चतुर, क्रूर, परिश्रमी, लोकप्रिय सबै थिइन्।
अहिले ‘मेरो सरकार’ यो शब्दमा धेरैको आपत्ति छ। तर, पंक्तिकारको आपत्ति अरू शब्दमा पनि छ। माननीयहरू ! मात्र भन्ने होइन, माननीयज्यूहरू भन्दा राष्ट्रपतिको गरिमा घट्दैन। मदन भण्डारीका नामका योजना घरिघरि आए। मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा मर्नुभएको हो। सडक दुर्घटनामा, राज्यले गोली हानेर र फाँसी दिएर होइन। प्रत्येक दिन सडक दुर्घटनामा कति नेपाली नागरिक मर्छन्। हाम्रो सिस्टममा एक भोटले न हारजित हुने हो। यस्तो परम्पराले पछि कदापि राम्रो गर्दैन।
केपी ओलीको एउटा ग्रन्थीचाहिँ खतरनाक रहेछ। जेमा पनि ‘अति’ गर्ने, कहिले कहिले त संस्कृत भाषाका सूक्ति पनि भट्टाएको सुनिन्छ। ‘अति सर्वत्र वर्जयेत’ योचाहिँ कसैले सुनाएनछ कि? त्यो बेलाको सम्झना आउँछ। महाकाली सन्धि, राम राम त्यो बेलाका ओलीका भाषण, खुलामञ्चका वामदेवलाई गाली गरेका भाषण, त्यसपछि चुपचाप अनि अर्को विषय खोज्यो त्यसको खोइरो उतारो।
भारतमा एउटी यस्तै ओलीजस्तै, हामीले बनारस पढ्दाखेरि देखेको सुनेको। तीन घन्टा कुरेर आमसभा सुनेका छौँ। ओलीजी पनि मान्छे कुराउन माहिर। पुष्पलाल जयन्तीमा राष्ट्रिय सभामा दुई घन्टा कुर्नु परेपछि, ओलीको सभा भनेपछि जाँगर मर्छ। इन्दिराजीको अर्धसत्य ओलीको जस्तो नग्नसत्य, ढाकछोप नै गर्न नसक्ने हुँदैनथ्यो। उनी चतुर, क्रूर, परिश्रमी, लोकप्रिय सबै थिइन्।
संगठन नबनाइकन व्यवसाय गर्ने पाकेटमार मात्र होलान्। अरू त अरू कर्मचारी, त्यो पनि लोकसेवा लडेर आएका, सरकारको नीति तथा कार्यक्रम सञ्चालन गर्ने कसम खाएका, जनताले राष्ट्रसेवक भनेर सम्मान दिएका उनका पनि संगठन छन्। तलब बढेन, राम्रो ठाउँमा गएर पैसा कमाउन पाइएन भने हडतालसम्म गर्छन्। पार्टीलाई लेबी दिएर धाक लगाउँछन्।
भारतका लाखौँ खराबी भए पनि, लोकतन्त्र र गणतन्त्रले त्यहाँ जरा गाडेको छ। केन्द्रीय, प्रान्तीय, आवधिक चुनाव हुन्छन्। भाषण लामो गरिन्। अन्त्यमा ‘शब्दको चमत्कार’ गरिन् र भाषण सकिन्। ‘म गरिबी हटाऊँ भन्छु, विपक्षी इन्दिरा हटाऊँ’ भन्छन्। यो वाक्यले कमाल गरिहाल्यो। चुनावमा विजयको लहरै ल्यायो जितिन् ‘निलम संजिवा रेड्डी’ले। पार्टीको राष्ट्रपतिको उमेदवारमा उनले स्वतन्त्र वीवी गिरीलाई उठाइन्। उनको आह्वान थियो, ‘आत्माको आवाज सुन्नुहोस्।’ त्यो कुरा सांसदले बुझे, गिरी जिते। ओलीजीमा त्यति उदारता पनि छैन।
योपल्टको नेपाल सरकारको नीति तथा कार्यक्रम पुरानो परम्परालाई मिचेर ल्याइएको छ। यसलाई पनि ओली सरकारले नयाँ छलाङ, क्रमभंग आदि इत्यादि भनेर क्रान्तिकारी भएको पुष्टि नै गर्ला। पहिलेका सारा परम्परा भंग गरेर अस्थिरता र अनास्था पैदा गर्नु पक्कै पनि क्रान्तिकारी हुन सक्दैन।
नेपालमा हरेक व्यवसायीले आ–आफ्ना संगठन बनाएका छन्। संगठन नबनाइकन व्यवसाय गर्ने पाकेटमार मात्र होलान्। अरू त अरू कर्मचारी, त्यो पनि लोकसेवा लडेर आएका, सरकारको नीति तथा कार्यक्रम सञ्चालन गर्ने कसम खाएका, जनताले राष्ट्रसेवक भनेर सम्मान दिएका उनका पनि संगठन छन्। तलब बढेन, राम्रो ठाउँमा गएर पैसा कमाउन पाइएन भने हडतालसम्म गर्छन्। पार्टीलाई लेबी दिएर धाक लगाउँछन्।
हिन्दी भाषाको उखान जस्तो गरेको छ। ‘मान नमान्, मैं तेरा मेहमान’ लौ यो सरकारको नीति तथा कार्यक्रम हो, जे भन्नु छ, जे गर्नु छ, यसैको परिधिभित्र बसेर गर्नु। यस्तो हुन्छ? यही हो लोकतन्त्र? यही हो सन्तुलनको सिद्धान्त? राष्ट्रपति कार्यालय यस्तो निरीह हुन्छ।
नेपाल सरकारलाई हरेक व्यवसायी संगठनलाई प्रमाणपत्र दिन किन परेको थियो? यिनको केही काम थिएन भने। सरकारलाई नै पछि सजिलो पर्ने थियो। नीति तथा कार्यक्रम ल्याउने बेलामा तिमीहरूलाई सोधेकै हो, सल्लाह गरेकै हो। त्यसैअनुसार आर्थिक कार्यक्रम, बजेट ल्याइएकै हो फेरि केको हडताल भन्न पाइन्थ्यो नि?
पहिले कमसेकम नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, व्यापार वाणिज्य संघ, खुद्रा उद्योग आदि इत्यादि र आर्थिक विश्लेषक, बुद्धिजीवी, अर्थविद्, पुराना अर्थमन्त्रीहरू सबैसँग सल्लाह, विचारविमर्श गरेर, सबैको राय सल्लाह लिएर, मूड बुझेर नीति तथा कार्यक्रम ल्याइन्थ्यो अनि संसदमा पर्याप्त बहस गराएर वार्षिक आर्थिक बजेट ल्याइन्थ्यो। अनि, संसदमा पर्याप्त छलफल गराएर प्रत्येक बजेटको शीर्षकमा बहस र विचारविमर्श गराएर पास गराइन्थ्यो।
यसपटक हिन्दी भाषाको उखान जस्तो गरेको छ। ‘मान नमान्, मैं तेरा मेहमान’ लौ यो सरकारको नीति तथा कार्यक्रम हो, जे भन्नु छ, जे गर्नु छ, यसैको परिधिभित्र बसेर गर्नु। यस्तो हुन्छ? यही हो लोकतन्त्र? यही हो सन्तुलनको सिद्धान्त? राष्ट्रपति कार्यालय यस्तो निरीह हुन्छ। एकपटक त उसले फर्काउन पाउँछ नि? यो भएन यस्ता किसिम, यसरी यसरी यस्ता शब्दहरू हटाएर ल्याऊ भनेर फर्काउने परम्परा छ।
लोकतन्त्र भनेको सन्तुलन र सम्मानको विषय हो। संसारको आजसम्मको परम्परामा राज्यलाई सन्तुलन गर्ने, कार्यपालिका, न्यायपालिका, विधायिका, सबैको सन्तुलित अधिकार रहनुपर्छ। कानूनी र आर्थिक दुवै क्षेत्रबाट, कलछलबल, एनकेन प्रकारेण एउटा मान्छे प्रधानमन्त्री भयो, बौलाउन थाल्यो भने के गर्ने? गाँजा खाएर लेखेको हो यो? भनेर संसदमा एउटा जिम्मेवार नेताले भनिनै सके।
संसारका परपरका देशका केकस्ता परम्परा छन्? त्यो घुमिरहने प्रधानमन्त्री ओली, माधव नेपाल, प्रचण्डहरूलाई थाहा होला। भारतका एक जना राष्ट्रपतिले एउटा बिल फर्काउने काम गरे, अर्कोपटक भारतको क्याबिनेटले, त्यो कानून फेरि राष्ट्रपतिकहाँ पठाउन सकेन। सेरमोनियल राष्ट्रपति भनेको उठभन्दा उठ बसभन्दा बस गर्ने कठपुतलीको कल्पना लोकतन्त्रले गरेको होइन। यो तानाशाह ओली सरकार प्रदेशका प्रमुखलाई पंगु बनाउँछ, केन्द्रमा राष्ट्रपतिलाई पंगु बनाउँछ। कस्तो गणतन्त्रवादी हो?
घटनाक्रम कस्तो थियो भने तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले आफ्नी आमाका प्रियपात्र ज्ञानी जैल सिंहलाई भारतको राष्ट्रपति बनाएका थिए। भारत सरकारले ‘डाक विधेयक’ ल्याउने भयो। संसद् र क्याबिनेटबाट पास गरेर राष्ट्रपति कार्यालयमा हस्ताक्षरका लागि पठाइयो। जनताका चिठीपत्र खोल्ने, हेर्ने अधिकार थियो। यो जनताको गोपनीयताको अधिकार भंग गर्ने बिल भनेर फर्काइदिए। राष्ट्रपतिका प्रेस सल्लाहकार चाहिँ ‘अरुण सौरी’ थिए।
लोकतन्त्र भनेको सन्तुलन र सम्मानको विषय हो। संसारको आजसम्मको परम्परामा राज्यलाई सन्तुलन गर्ने, कार्यपालिका, न्यायपालिका, विधायिका, सबैको सन्तुलित अधिकार रहनुपर्छ। कानूनी र आर्थिक दुवै क्षेत्रबाट, कलछलबल, एनकेन प्रकारेण एउटा मान्छे प्रधानमन्त्री भयो, बौलाउन थाल्यो भने के गर्ने? गाँजा खाएर लेखेको हो यो? भनेर संसदमा एउटा जिम्मेवार नेताले भनिनै सके। यो राम्रो लक्षण हैन।