काठमाडौं ।नवलपरासी पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौलीकी ६५ वर्षीया रब्बुल देवानको विद्युत् प्रवाहमा परेर मृत्यु भएको हो।घरको धारामा जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी देवानलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।