काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ ।
मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको अनुशासन आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।
यसअघि आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूसाललाई कारबाहीको सिफारिस गरेको थियो ।