काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका कार्कीलाई अदालले दोषि ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सो आदेश जारी गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निर्माण कम्पनीलाई कर छुट दिई राज्य कोषलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो बराबरको हानि–नोक्सानी पु¥याएको ठहर गर्दै पूर्वअर्थमन्त्री कार्कीसहितका व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सोही मुद्दाको थुनछेक बहस र बयानका लागि विशेष अदालतमा उपस्थित भएका कार्कीलाई अदालतले १५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा गर्न आदेश दिएको हो।