सिन्धुपाल्चोक। जिल्ला समन्वय समिति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन प्यानल विजयी भएको छ।
कांग्रेसका बालकृष्ण श्रेष्ठ १३ मतसहित प्रमुख र उपप्रमुखमा समाजवादीका पद्मनाथ नेपाल १३ मत ल्याई निर्वाचित भएका हुन्।
यस्तै, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) गठबन्धन प्रमुखका उम्मेदवार गणेश विकले १० मत र उपप्रमुखका जंगप्रताप सिलवाल (जेपी) ले ११ मत ल्याए। विक माओवादी र सिलवाल एमालेका उम्मेदवार थिए।
जिसस सदस्यमा कांग्रेसका बलराम केसी, विक्रम तामाङ, जितबहादुर कार्की, सोममाया श्रेष्ठ, ढकमाया सेतोकोइराला, अम्बिका बस्नेत र समाजवादीका तारा नेपाली निर्वाचित भए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरकै १२ स्थानीय तहमा गठबन्धन गरेका माओवादी–समाजवादी गठबन्धन जिसस निर्वाचनले टुटेको छ।