चुनाव प्रचारका लागि तयार पारेको पोस्टरबाट नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि माओवादीले कुलमानको तस्बिर हटाएको हो । दाहालको सामाजिक सञ्जाल फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ ।