सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई वरियताका आधारमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको हो ।
तर, उमेर हदका कारण केसीको कार्यकाल २१ दिनको मात्रै हुनेछ । उनले १९ वैशाखमा अवकास पाउनेछन् ।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जानेछन् । त्यसपछि सरकारले फेरि नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ ।
१९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहनेछन् । अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ ।