नेकपा एमाले निजगढका इन्चार्ज एवं बारा जिल्ला कमिटी सचिवालय सदस्य दिलबहादुर लामाको यौन काण्डले एमाले निजगढ नै बदनाम भएको छ ।
निजगढ एमालेकै एक महिला कार्यकर्तासँग वर्षौंदेखी नाजायज सम्बन्धमा रहेको आरोप लाग्दै आएका दिलबहादुरलाई आरोपित महिलाकै घरबाट स्थानीयले लखेटेको हल्ला निजगढभर फैलिएको छ ।
पार्टी कार्यकर्ता महिला माथि नाजायज सम्बन्धका लागि घरैमा पुगेका दिलबहादुरलाई महिलाकी छोरीले चोर आएको सम्झेर छिमेकी गुहार्नेक्रममा समातिएका थिए ।
पीडित महिलाकी ज्वाइँले समातेर कुट्ने क्रममा गोठबाट फुत्केर भागेका दिलबहादुरको मोबाइल झरेको स्थानीयले बताए । उक्त मोबाइल एक छिमेकीसँग सुरक्षित रहेको बताइएको छ ।
निजगढ एमालेका एक कार्यकर्ताका अनुसार दिलबहादुर र उक्त महिलालाई पहिला पनि छिमेकीहरूले कोठामै रङ्गे हात पक्राउ गर्दा आइन्दा त्यस्तो नगर्ने सर्तमा छाडिदिएको बुझिएको छ ।