राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन् । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न शनिबार पोखरा पुगेका थापाले यस्तो बताएका हुन् ।
शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए । गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल पुनर्जागृत गर्न सफल भएको भन्दै उनले तुलनात्मक रुपमा अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा देशको विकास गर्ने र राजनीतिको मूलधारमा स्थापित हुने दाबी गरे ।