नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी भएका छन् ।गएको मङ्गलवार भएको चुनावको आज बिहीवार भएको मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।
साहले एक हजार एक सय ८६ मत पाउँदा उनका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरे ।
सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन् यसअघि शनिवार हुने भनिएको चुनाव विवादपछि स्थगित भएर गएको मङ्गलवार सम्पन्न भएको थियो ।