रुसविरुद्धको युद्ध लड्न युक्रेनका तर्फबाट नेपाली युवा प्रताप बस्नेत पनि लामबद्ध भएका छन् । रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन्। उनले आफूलाई युक्रेनले धेरै थोक दिएकाले अहिले परेका बेला युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न लागेको बताएका हुन्।
रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भागेर छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् ।
उनीहरु त्यहाँँबाट नेपाल फर्किने तयारीमा छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने भाग्न छाडेर युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएका हुन् ।