प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच आज भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा आज पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।