केन्द्र सरकारले २०७९ बैशाखको ३१ गते देशभरिको ७ सय ५३ वटै स्थानिय तहहरुको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
सरकारको निर्णयपछी निर्वाचन आयोगले समेत चुनावको तयारी थालेको अवस्थामा गाउँघरमा स्थापना भएको शिंहदरबार (पालिका) का राजा र मन्त्री (प्रमुख र वडाध्यक्ष) हरु पुनः दोहोरिने अभियान तिब्र रुपमा बढाएका छन् ।
मधेस प्रदेशको पालिकाहरुमा समेत जनलुभावन तथा वितरणमुखी योजनाहरुको भण्डार खुलेको छ । नेताजिहरु गाउँघरका गरिबको घर पुग्न थालेका छन् ।
बिगतको ४ वर्षदेखी जगेडा कोषमा राखेका धुवाँमुक्त पालिकाको नाममा ग्याँस चुलो बाड्नेदेखी छोरीको विवाहको लागी नगद प्रदान गर्नेसम्मको योजना नेताजिहरुले सञ्चालन गरिसकेका छन् ।
चुल्हो बाँड्दै, भोट माग्दैका दृष्यहरु छ्याप्तीछ्याप्ती देखिएका छन् । पुनः निर्वाचित गराए थप सरसामान उपलब्ध गराउने लोभ लालच लिनेहरुको समेत कमि देखिदैंन ।
तर, यसरी बितरण गरिने चुल्हो र नगदीमा पनी राजनिति घुसारेपछी बिरोधका स्वर उठ्नु त स्वभाविकै हो ।
मधेस प्रदेश कै बारा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पचरौता नगरपालिकाले केहिदिन अघि यस्तै कामका कारण चर्चामा आएको छ ।
जातिय धु्रविकरणमा पिरोलिएको पचरौता नगरपालिकाका प्रमुख लगायतका प्रतिनिधि गरिब र असहायलाई प्रदान गर्ने शुबिधामा समेत भोट बैंकको राजनिति गर्न थालेपछी मुद्दा गम्भिर बनेको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट जितेका पचरौता नगरपालिकाका मेयर रमेश प्रसाद यादवले केहिदिन अघि पालिकाको ९ वटै वडाहरुमा ग्याँस चुल्हो र सिलिण्डर बितरण गरे ।
‘धुवाँमुक्त नगर अभियान’ भनेर बााडिएको चुल्हो पाउने भाग्यमानिहरुमा उनका खास भोटर र जातका व्यक्तीहरुको बर्चस्व रह्यो ।
हरेक वडाबाट बजेट काटेर नगरस्तरिय बजेट भनी खरिद गरिएको चुल्हो मेयर यादवले गाँउगाउँ पुगि आफैले बाँडे ।
निर्वाचित भएको साढे ४ वर्ष आफ्ना नगर प्रमुखलाई देख्न नपाएका नागरिक उनको प्रत्यक्ष दर्शन गर्न पनी पाए ।
तर, चुनावी सालमा चुल्हो बितरण गर्न पुगेका मेयर यादव जातियता तथा पार्टीगत राजनितबाट माथि उठ्न सकेनन् ।
पचरौताका स्थानिय नेताहरुका अनुसार जातिय धु्रबिकरणमा बिभाजित भएको पालिकामा चुल्हो पाउने भाग्यमानी मेयरका जातिको बर्चस्व भयो ।
अन्य जातिका गरिबले चुल्हो लिन जाँदा लिस्ष्टमा नाम नभएको भनि फर्काईएपनी हुनेखाने वर्गका आफ्ना खास भोटरले पाए ।
‘मेयर साहेबले भोटर देखेर मात्रै शुबिधा दिए’, पचरौता ६ चिकनिका पुनदेव पटेलले भने– ‘हामि त जातका नि परेनौ अनि भोटर पनी हामिलाई कसले शुबिधा दिने ।’
पुर्वाग्रहमा रहेर बाडिंएको चुल्हो काण्ड अहिले व्यापक चर्चामा छ । नगरपालिकाको कुर्मि समुदायको बाहुल्यता भएको धरहरुमा चुल्हो दिएको छैन, दुई दिन लाईनमा बस्दा समेत आफ्नो नाम लिस्टमा नभएको जवाफ सुनेका गरिब महिला निराशा भएका छन् ।
यसैबिच लोसपाका केन्द्रिय सदस्य तथा पचरौता नगरपालिकामा करिब १ सय मतान्तरले पराजित भएका श्याम गुप्ताले मेयर यादवको चुल्हो काण्डको आलोचना गरेका छन् ।
पालिकाका नागरिकले आफुहरुलाई शुबिधाबाट बञ्चित गरिएको बताईरहँदा गुप्ता उनिहरुको समस्यालाई उठान गर्न संघर्षमा उत्रिने समेत बताएका छन् ।
मेयरको एकलौटी निर्णयबाट पिडितहरु उनको चर्को बिरोध गरिहेका छन् । नगरपालिकाको हरेक योजनामा भ्रष्टाचार गरेको भन्दै कयौं मुद्दा अख्तियारमा पुगेको छ ।
चुनावको मुखमा जनता लुभाउन बितरण गरिएको चुल्होको विवरण समेत सार्वजनिक गरिएको छैन् ।
नगरपालिकामा भएको चुल्हो काण्डलाई विषय बनाएर लोसपा र एमाले लगायतका नेता कार्यकर्ता आन्दोलनमा उत्रिने बताईरहेका छन् ।