अफगानिस्तानमा भारी हिमपात र बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् ।
बाढीमा फसेका करिब दस जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । बाढीले विभिन्न राजमार्ग तथा काबुल इन्टरनेसनल एयरपोर्ट अवरुद्ध पारेको छ ।
अफगानी मिडियाका अनुसार पहिला हिमपात भई त्यसपछि वर्षा भएको हो । देशको करिब ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीले असर गरेको अफगानी मिडियाले जनाएका छन् ।