प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले केन्द्रीय कार्य समिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आरजुको उम्मेदवारीको प्रचार प्रसार समेत शुरु भइसकेको बताए । आरजुको उम्मेदवारी खुला महिला कोटामा रहेको सिग्देलले जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्यका लागि उनको उम्मेदवारी यो पहिलोपटक हो ।
राणा डडेल्धुराबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । उनी २०७४ सालको आम निर्वाचनमा कैलाली ५ बाट प्रतिस्पर्धा गरेर एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् ।