लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महंथ ठाकुरले मधेश र थरुवट क्षेत्रको मुद्दालाई सरकारले संबोधन नगरे देशैभरी ज्वालामुखी विस्पोट हुने बताएका छन ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष ठाकुरले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई जेलमा थुनेर सरकारले मधेसी–थारुहरुमाथीको दमनलाई निरन्तरता दिएको समेत बताए ।
ठाकुरले ममधेस–थरुवट आन्दोनमा सयौंमाथी लगाईएको मुद्दा फिर्ता गर्न माग गरेका हुन् । मुद्दा फिर्ता नलिए फेरी आन्दोलन गर्ने र बिसौं लाख मानिस सडकमा उतार्ने थाकुरले जनाए ।
मधेसि जनताले अहिलेपनी संबिधान पुर्ण रुपले स्विकार्य नगरेको भन्दै सबैको अधिकार सम्पन्न देशको लागी संबिधानसंसोधन गर्न आवश्यक रहेको बताए ।