सवारीसाधन बिक्रेताहरुको संस्था नाडा अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन । ध्रुब थापाले ६६ मतान्तरले सिजी मोटोकर्पका करण चौधरीलाई पराजित गरेका हुन् ।
मतगणना अनुसार ध्रुब थापाले कुल १४ सय १३ मत ल्याएका थिए भने करण चौधरीले १३ सय ४७ मत ल्याए । १७ जना कार्यसमिति सदस्यमा भने करण चौधरीका प्यानलको बहुमत आएको छ ।
१२ जना करण चौधरीको प्यानल र ५ जना कार्यसमपति सदस्यले जित हासिल गरेका छन् । करण चौधरीको प्यानलबाट मिलनबाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८, बिक्राम सिंघानिया १३ सय ७० मत पाएका छन् ।
त्यस्तै निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत पाएका छन् । यी सबै करण चौधरीको प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् । ध्रुब थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत पाएका छन् । ३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो ।