२० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं.७ सुवेडा घर भएका वर्ष ३९ वर्षीय प्रकाश राना पक्राउ परेका हुन् ।
उनी धनगढी उपमहानगरपालिका वडा नं. ८ मोतीचोकमा लुकछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपक्षीक ज्ञानबहादुर विष्टले बताए ।
२०६६ साल चैत्र २२ गते जिल्ला अदालत बझाङले २० वर्ष कैद सजाय सुनाएपछि राना फरार रहेका थिए । २०६२ असोज २३ गतेको जयपृथ्वी नगरपालिका वडा नं. ७ साविक सुवेडा गाविस वडा नं ८ ज्वाडाका प्रकाश रानासहित मंगल राना, वीरेन्द्र राना, रामदेवी राना र हीरादेवी रानाले घरेलु हतियार कुटो, हँसिया, बन्चरो प्रयोग गरी निर्मम तरिकाले सोही ठाँउ बस्ने मीनबहादुर भण्डारीको हत्या गरेका थिए ।