जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश–प्रदेश समितिका अध्यक्ष सांसद रामबाबु कुमार यादवले २ जना उपाध्यक्ष मनोनित गरेका छन् ।
आज जनकपुर स्थित जसपाको प्रदेश कार्यालयमा मनोनित भएका दुबै उपाध्यक्षहरुलाई अध्यक्ष यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
मनोनित हुनेहरुमा तत्कालिन नयां शक्ती पार्टीबाट आएका बाराका शुशिल यादव तथा लिलाहरी खतिवडा रहेका छन् ।
पार्टी बिधान बमोजिम २ उपाध्यक्षको मनोनित गरिएको र अन्य सदस्यहरु चांडै टुंगो लगाईने अध्यक्ष यादवले बताए ।
यसअधी अध्यक्ष यादवका सांथै ५ उपाध्यक्ष, १ मुख्यसचिव ३ सचिव तथा १ जना कोषाध्यक्ष चयन भईसकेका छन् ।