नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतददानबाट उनी सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी शाहीले ४२२ मत ल्याएभने प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याए।
विजयी शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् भने पराजित शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।उपसभापति विमलेन्द्र निधि पक्षबाट सभापतिका उम्मेदवार मोतिराज बमले ७ मत ल्याए। कांग्रेसले प्रदेश संरचना अनुसार गरेको अधिवेशनबाट प्रदेश सभापतिमा निर्वाचित शाही पहिलो बनेका छन्।