अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मिडियाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मजाक गरेका बिषयहरुलाई समाचार बनाइरहेको टिप्पणी गरेकी छन् ।
शनिबार चितवनको भरतपुरमा शुरु भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले मुलुकमा थुप्रै सकारात्मक र राम्रा कामहरु हुँदाहुँदै मिडियाले ओलीका हावा गफलाई मात्र हेडलाईन बनाएको टिप्पणी गरेकी हुन् ।
भरतपुर नगरपालिकाको उदाहरण दिंदै उनले भनिन, ‘भरतपुरमा महानगरले विकाश र निर्माणमा देशमै नमुना काम गरिरहेको छ, समाचार बन्दैन । मुलुकमा थुप्रै राम्रा कामहरु भएका छन तर साँढे तिन बर्ष देखी मिडियाका हेडलाइन केपी ओलीका उडन्ते र हावा गफले कब्जा गरिरहेका छन् ।’
फरक प्रसंगमा इश्वर पोखरेल र कमल थापाहरुको स्वर मिल्नु केवल संयोग मात्र नभएको भन्दै नेतृ सिंहले चितवन अधिवेशनपछि एमालेमा पञ्चायत प्रेम बढ्दै गएको विचार व्यक्त गरिन् ।