राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुँदै छ। काठमाडौंमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवशेनअन्तर्गत आज उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।
त्यसका लागि अहिले बिहान ८ बजे मतदान सुरु हुँदै छ। मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ। राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। उनीहरूले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि शनिबार बिहान निर्वाचन हुन लागेको हो ।