बागमती प्रदेशमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का एक मात्रै प्रदेशसभा सांसद प्रेम बहादुर तामाङ नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
रसुवा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद तामाङ नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको केन्द्रिय प्रतिनिधिमा चुनिएका हुन् ।
मंगलबार सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा तामाङको नाम महाधिवेशन प्रतिनिधिको रुपमा घोषणा गरिएको कांग्रेस श्रोतले जनाएको छ ।
डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयां शक्ति पार्टीबाट प्रदेश सांसद भएका तामाङ संघीय समाजवादी हुंदै हालसम्म जसपामा थिए ।
डा.भट्टरभईको हनुमान मानिने तामाङले उनलाई थाहैनदिई सुटुक्क कांग्रेसतिर लागेको सञ्चारमाध्यमहरुमा खबर आएका हुन् ।
पार्टी विभाजनपछी जसपाको जनाधार सकिदै गएको निष्कर्षमा पुगी तामाङले आगामि निर्वाचन कांग्रेसकै झण्डामुनी लड्ने मनसाय सहित कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेको श्रोतको दावी छ ।
दलबदलेपछी संसद सदस्यता खारेज हुने डरले खुल्ला रुपमा सामुन्ने नआएका सांसद तामाङले पार्टी अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई ठुलो झट्का दिएका हुन् ।
बागमती प्रदेशमा एक मात्रै प्रदेश सांसद रहेको जसपालाई तामाङले ठुलो झट्का दिएसंगै शुन्यको अवस्थामा पुर्याएका छन् ।
उनको निर्णयबारे थप जानकारी प्राप्त गर्न संसद सचिवालयमा उपलब्ध गराएको उनको फोन नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।