कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा बिन्दमान विष्ट नियुक्त भएका छन् । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।
बिष्ट माओवादी केन्द्रकोतर्फबाट मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री विष्टको ७ ३० बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
बिष्टसँगै कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री शाहीले यस अघि नेकपा (एकीकृत समाजबादी) का चन्द्र बहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिसकेको छ ।