बझाङबाट लागू औषध चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जयपृथ्वि नगरपालिका ३ बस्ने ३० बर्षीया कल्पना रोकायको पसलमा लुकाइराखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङ र प्रदेश अनुसन्धान ब्युरोको टोलीले मङ्गलवार साँझ ६:३० बजेतिर करिब २८ केजि चरेस बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेठीले विशेष सुराकीको आधारमा रोकायालाई उक्त परिणामको चरेस सहित पक्राउ गरिएको बताए ।