नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् ।
उनले आफू अध्यक्षको उम्मेदवार भएको भन्दै यसअघि नै केन्द्रीय सदस्यमा शपथ नलिने बताएका थिए । रावल अध्यक्ष ओलीसँग पराजित भएका हुन् । तर निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले केन्द्रीय सदस्यमा उनको नाम सुनाएका थिए ।
अध्यक्ष ओलीलाई सुब्बाले शपथ खुवाए । त्यसपछि ओलीले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाएका थिए । तर रावलले शपथ लिन मानेनन् ।