कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन गत मंसिर ३ गते आह्वान गरेका थिए।
सोही दिन प्रदेश सभा सचिवालयले आजका लागि बैठक आह्वान गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको भने उपस्थिति नहुने भएको छ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा व्यस्त हुने भएकाले आफूहरुको उपस्थिति आज नहुने एमालेका सांसद दल रावलले बताए।
मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका थिए। उनी नियुक्त भएको बुधबार ३० दिन पुग्दै छ। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको १० दिनभित्र विश्वासको मत लिईसक्नुपर्छ।
माओवादीका १२, नेकपा समाजवादीका ३ र नेपाली कांग्रेसका ६ जना गरी २१ जना प्रदेश सभा सदस्यहरुको समर्थनमा शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन्।