एमाले महाधिवेशनअन्तर्गत सुदूरपश्चिम भूगोलका सबै केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् ।
केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका सहदेव बोगटी, दीपकप्रसाद भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएपछि एमाले सुदूरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन् ।
सबैतिरको केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा संस्थापन पक्ष छ । सोमबार राति ११ बजेपछि मात्रै मतदानको कार्यक्रम अघि बढ्ने जनाइएको छ ।