नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वीरगंज महानगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । महानगर कमिटीको प्रथम सम्मेलनबाट सब्बा अन्सारीको अध्यक्षतामा ९९ सदस्यीय कमिटी चयन गरिएको छ ।

यस्तै कमिटीको उपाध्यक्षमा अच्छेलाल ठाकुर, विनय पटेल, रुपा मण्डल, सचिवमा नन्द किशोर पंजियार, सह–सचिवमा मनोज यादव, कोषाध्यक्षमा नुरहोदा आलम सर्वसहमतिबाट चयन भएका हुन ।
महानगर कमिटीको प्रथम सम्मेलनमा प्रदेश नं २ सरकारका प्रदेश सदस्य पासनिमा कादरी, अखिल नेपाल सुकुम्वासी सङ्घ पर्साका संयोजक माईला लामा, जिल्ला कार्य समितिका सदस्य सन्तोष घिमिरे,टुनटुन तिवारी, लालबहादुर पटेल, राकेश यादव, रूपनारायण सिंह, लगायत महानगरका सबै वडाबाट हजारौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।
