पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएको कास्की प्रहरी प्रमुख,एसपी रमेश थापाले जानकारी दिए । अझै क्षतिको पूरा विवरण भने आउन नसकेको जनाएको छ ।
आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।आगलागीको कारण खुलेको छैन । सोमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।