महाधिवेशनमा होमिएको नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा कमिटीले छनोट गर्ने पाँच प्रतिशत महाधिवेशन प्रतिनिधिका विषयमा छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ । महाधिवेशनमा ओलीविरुद्ध एमाले नेता भीम रावलले उम्मेदवारी घोषणा गरेका छन् ।