नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा शान्ति, विकास तथा समृद्धिका लागि पनि नेपाली काँग्रेसको १४ औं महाधिवेशनलाई सफल बनाउनका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
उपसभापति निधिले नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जनकपुर नगर अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै मुलुकमा जति पनि ठूला परिवर्तनहरु भएको छ त्यसमा काँग्रेसको ठूलो योगदान भएको बताए ।
उनले मुलुकमा भएको विकृति एवं विसंगतिको अन्त्य गर्नका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु शासक होईन सेवकको रुपमा कामकाज गर्न आवश्यक भएको बताए ।
उपसभापति निधिले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको सफल बनाउनका लागि सकभर काँग्रेसका सवै तहको नेतृत्व सर्वसम्मत गर्नका लागि जिल्ला तथा क्षेत्रका नेताहरुलाई आग्रह गरे ।
उनले नेपाली काँग्रेसको अगुवाईमा नै मुलुकमा संघीयता, गणतन्त्र, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता सहितको संविधान निर्माण भएको बताउदै यसमा समय सापेक्ष परिमार्जन गरेर सवैको माग संबोधन हुदै जाने बताए ।
नेपाली काँग्रेसका नेता एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाली काँग्रेसको महाधिवेशनले काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा नयाँ ऊर्जा थप भएको बताए ।
नेपाली काँग्रेस जनकपुर नगरसभापति मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृति नारायण चौधरी सहितका नेताहरुले बोल्नु भएको थियो । नगर अधिवेनवाट जनकपुरमा काँग्रेसको नयाँ नेतृत्वको चयन हुने भएको छ ।