कालीकोटको पचाल झरना गाउँपालिकाले गोठालो भत्ता दिन थालेको छ । पशुपालक कृषकलाई प्रोत्साहन गर्न र पशुपालनलाई बढावा दिन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गाउँपालिकाले गोठालो भत्ता दिने घोषणा गरेको थियो ।
गाउँपालिका अध्यक्ष खडस्कराज सेजुवालले नीति पारित भएको वर्षमा ५१ जना पशुपालकले गोठालो भत्ता पाएको बताए । पशुपालक कृषकको तथ्याङस्क सङस्कलन गर्न ढिलो भएकाले सुरुको वर्षमा ५१ जनाले मात्र लाभ लिएको अध्यक्ष सेजुवालको भनाइ छ । गाउँपालिकाभर १०० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानको सङस्ख्या पाँच रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा भने ७० जना पशुपालक किसानले सेवा लिएका छन् । पचाल झरना गाउँपालिका पशु शाखा प्रमुख वीरेन्द्रबहादुर बमले १०० भन्दा बढी भेडाबाख्रा पाल्ने पाँच जना कृषकलाई जनही मासिक दुई हजार रुपियाँका दरले भत्ता वितरण गरिएको जानकारी दिए । ६५ जना किसानले मासिक एक हजार रुपियाँका दरले भत्ता पाएका छन्। गाउँपालिकाले सम्बन्धित पशुपालक किसानको बैङस्क खातामा रकम जम्मा गरेको उनले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को भत्ता यसअघि नै भुक्तानी गरेको जनाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को भत्ता भने २०७९ सालको असारपछि भुक्तानी गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बमले बताए । प्रमुख बमले भत्ता दिन सुरु गरेपछि भेडाबाख्रा पाल्ने किसानमा उत्साह आएको र पशुपालकको सङस्ख्या पनि वृद्धि भइरहेको दाबी गरे ।
चरिचनको अभाव, परिवारको बसाइँसराइले गर्दा कालीकोटमा पशुपालक घटेपछि गाउँपालिकाले यस्तो नीति लिएको जनाएको छ । बजारमा खसीको माग बढेको र गाउँमा पाल्ने किसान घटेका कारणले मासुको मूल्यसमेत बढेकाले पचाल झरना गाउँपालिकाले पशु तथा भेडाबाख्रा पाल्ने किसानलाई मासिक गोठालो भत्ता दिने नीति पास गरेको थियो ।