नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भईरहेका बेला एकजनामाथि रक्सीको बोतल प्रहार भएको छ ।
दशरथचन्द नगरपालिका वडा नं ६ का कांग्रेस नेता अर्जुन रावलको टाउको रक्सी बोतल प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले बताए ।
रातीको दश बजेको समयमा रावलमाथि अध्याँरोमा एक्कासी बोतलले हिर्काएको उनको टाउकोमा चोट लागेको उनले बताए । घाइते रावलको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । रावलमाथि बोतल प्रहार गर्नेको खोजी भईरहेको छ । उनीमाथि कसले बोतल प्रहार गर्यो भन्ने कुरा खुल्न सकेको छैन् ।