नेपाली कांग्रेसले शुक्रबार (आज) ७४ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने भएको छ।वडा र पालिका अधिवेशन सकेर थप संरचनामा अधिवेशन हुन नसकेका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो।
रसुवा, सिन्धुपाल्चोक र सर्लाहीमा वडा अधिवेशन हुन नसकेकाले ती जिल्लाको अधिवेशन पर सर्ने भएको छ। सिन्धुपाल्चोकमा तीन वडामा अधिवेशन बाँकी छ। तीन जिल्लाबाहेक अन्यमा प्रदेश सभा क्षेत्रको निर्वाचन एक साथ हुन लागेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेका जिल्लामा जिल्ला अधिवेशन मंसिर ६ मा तोकिएको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० मा जिल्ला अधिवेशन हुनेगरि मिति तोकिएको छ।