बिहीबार बेलुकी रोल्पामा बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
रोल्पा प्रहरी कार्यालयले जनाएअनुसार बस दुर्घटना हुँदा घटनास्थलमा तीन पुरूष र एक महिला गरि चार जनाको मृत्यु भएको हो।
६ जना घाइतेलाई उद्धार उपचारका लागि सुनिल स्मृति अस्पतालमा लगिएको बताइएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे माडी खोलामा दुर्घटना भएको हो ।