स्थानिय निकायहरुमा व्याप्त एकलौटि गतिबिधि र आफु अनुकुलताका क्रियाकलाप कायमै छ ।
बुधवारमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनितिक सभाका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो भने बिहिवार बाराको एक गाउँपालिकाले स्थानिय मेला (मनोरञ्जन) भर्न सार्वजनिक बिदा दिएको छ ।
बाराको करैयामाई गाउंपालिकाले शुक्रवार लाग्ने मेला भर्नका लागि त्यहां सार्वजनिक बिदा दिएको हो ।
करैयामाई गाउँपालिका वडा नम्बर २ स्थित करैयामाई मन्दिरमा भोलि शुक्रवार लाग्ने मेलाका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
गाउँपालिका अध्यक्ष भुनेश्वर धामिले बिहिवार सार्वजनिक सुचना लिकाल्दै मेलाई धुमधामका सांथ मनाउन पालिकाभरी सार्वननिक विदा दिएको जनाए ।
गाउंकार्यपालिकाको बुधबार बसेको बैठकले मंसिर ३ गते सार्वजनिक विदा दिने निर्णय गरिएको अध्यक्ष धामिले बताए ।
बिदाको दिन गाउँपालिका भित्रका सवै वडा कार्यालय, सम्पूर्ण शिक्षणसंस्था लगायतका सार्वजनिक संघसंस्थाहरु बन्द रहने जनाईएको छ ।
कोरोना माहामारिका कारण महिनौ बिधालय बन्द हुंदा शिक्षण गतिबिधिबाट बञ्चित रहेका बिधार्थिहरुलाई अनासयको बिदाले झन समस्यामा पारिएको स्थानियहरुले गुनासो गरेका छन् ।