नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट स्वास्थ्य केन्द्र उद्घाटन गर्ने भन्दै दिइएको सार्वजनिक बिदा महोत्तरीको रामगोपालपुर नगरपालिकाले सच्याएको छ।
मंगलबार जारी गरेको सूचनामा भुलवश सार्वजनिक बिदा दिने उल्लेख भएको भन्दै मेयर अशोककुमार मण्डलले आज विज्ञप्ति निकालेर समा चकेवाका लागि बिदा दिने उल्लेख गरेका हुन्।

उनले समा चकेवाको अवसरमा भने बिदा दिने निर्णय भएको बताएका छन्।आज र बिहीबार नगरपालिकाभित्रका शैक्षिक संस्था बिदा हुने उनको भनाइ छ।यसअघि नगरपालिकाले स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रमका लागि भन्दै आज सार्वजनिक बिदा दिने सूचना राखेको थियो।
यो पनि पढ्नुस् :-
प्रचण्ड उद्घाटनमा जाँदा महोत्तरीमा सार्वजनिक बिदा !