अब सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।
दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए।विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो । प्रणाली सुस्त हुँदा कार्यालयहरुको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको भुसालले बताए ।