जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठामा लगाइएको निषेधाज्ञा दुई समुदायबीच सहमतिपश्चात हटाइएको छ ।सोमबार दई समुदायबीच भएको छलफलमा सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
सहमतिमा स्थानीय तेलिया पोखरी अबदेखि उपमहनरपालिकाकोअधीनमा रहने,उक्त पोखरीको व्यवस्थापन तथा संरक्षण उपमहनरपालिकाले नै गर्ने, हिन्दुको छठ र मुस्लिमको दाहा जस्ता पर्व प्रशासनलाई पूर्वजानकारी गराई पोखरीमा माटो नझर्ने गरी गर्ने, मुस्लिम समुदायले त्यहाँ गाडेको झण्डा अन्य स्थानमा व्यवस्थापन गर्ने, दुवै समुदायले एकअर्कालाई सम्मान गर्नेलगायतका सहमति भएको छ ।
त्यसैगरी उक्त सहमति कार्यान्वय गराउन उपमहनगरपालिका उपमेयर रीताकुमारी मिश्रको संयोजकत्वमा दुवै समुदायबाट चार-चार जना प्रतिनिधि रहने गरी समितिसमेत गठन गरिएको छ ।