नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा फेरि सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज सोमवार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।
कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्याएको छ । आउँदो पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए ।