नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
उनको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उनकी छोरी गंगा दाहालले जानकारी दिईन् । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण उनि बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।