सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै संविधानले दिएको कार्यदिशाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने समेत बताए ।सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो ।